७ आश्विन २०८१, सोमबार

राजधानीको कुरामा टुंगो लगाऔ




हाम्रो संविधानमा बजेट असार १ ल्याउनु पर्ने बाध्यकारी व्यवस्था छ र असार भित्रै पारित हुनुपर्छ । तर यसपटक आर्थिक वर्ष सकिएपछि भाद्र ३१ गते आर्थिक मन्त्रीले वजेट ल्याउनु भयो । हामीले भन्यौं संविधानमा व्यवस्था नभएको काम किन गर्नुहुन्छ ।
हामीले अध्यादेशबाट बजेट ल्याउन सुझाव दियौं । संसारमा कतै अभ्यास नभएको कुराको अभ्यास यहाँ भयो । एउटै वर्षमा दुई पटक बजेट ल्याउन पाइदैन ।

बजेटको नीति तथा कार्यक्रम (मुख्यमन्त्री हुँदा) मैले ल्याए । मैले ल्याएको नीति तथा कार्यक्रममा एकदम राम्रो ऐतिहासिक भएको कुरा एमाले दलका नेता राजेन्द्र रावल लगायतले नै सदनमा भन्नु भएको थियो । आज बजेट अर्को र नीति कार्यक्रमम मेरै पालको पास भएको छ ।

म सात सात वर्षदेखि यही सदनमा छु । पाँच वटा बजेट म आफै सहभागी भएर ल्याएको हो । हाम्रो बानी नै सत्ता पक्ष भएको छ । यसपटक सत्ता पक्षका सचेतकले समेत बजेटको विरोध गरीरहेका छन । एकात्मक र केन्द्रीकृत दिमाग भएकाहरुले प्रदेश संरचना माथि प्रश्न उठाएका छन् । केन्द्रकाले प्रदेश संरचना मन पराएका छैनन् । विशेष गरेर राजनीतिक दलका प्रमुख नेतृत्व र कर्मचारीको प्रमुख नेतृत्व प्रदेशलाई अधिकार दिन मानिरहेका छैनन् ।

हामीले धेरै बजेट ल्यायौं । कहिले सासुको पालो कहिले बुहारीको पालो भएको छ । सरकारलाई संसदले ट्याकमा ल्याउन सकेन भने सरकार निरंकुश हुन्छ, तानाशाही हुन्छ । त्यसैले सदनले सरकारलाई निर्देशन गर्ने गर्नुपर्छ । सरकारको चर्को भयो भने सदनले नै सन्तुलन मिलाउने हो । सांसदले संसदमा आफ्नो कुरा राख्न पाउनुपर्छ । प्रदेश सभा भनेको मुर्दाहरुको लास राख्ने ठाउँ हो भन्ने सन्देश दिन खोज्नु गलत हो ।

यसअघिको कुरा गर्ने हो भने मेरै कारणले सरकार गएको होइन । हामी यहाँ भएका कसैका कारण मेरो नेतृत्वको सरकार गएको होइन । राष्ट्रिय राजनीतिमा फेरवदलका कारण म हटनु परेको हो । रामेश्वर थापाको घरमा राती १२ बजे नयाँ गठवन्धन बन्यो । हामीले लडाई गरेर ल्याएको समावेसी लोकतन्त्र, प्रदेश संरचना बचाउन सक्छौं कि सक्दैनौं भन्ने चुनौती हामी माझ छ ।

संघका मन्त्री पृथ्वीसुव्वा गुरुङले आइजिपीको जिब्रो थुत्नुपर्छ भन्ने कुराको आलोचना भएको छ तर तीनै आइजिवीले प्रहरी समायोजन गर्न दिन्न भनेपछि उहाँले त्यसो नभनेर के गर्ने । लडेर ल्याएको व्यवस्था हामीले जोगाउनुपर्छ । पृथ्वी सुव्वा गुरुङले संघीयता बुझ्नु भएको छ उहाँले मात्र बोल्नुहुन्छ अरु कोही बोल्दैन ।

अघिल्लो बजेट भएको ट पनि पछिल्लो बजेटमा बदलिएको छ । अचम्म लाग्छ भदौ ३१ गते आएको बजेटमा अनुमानित आम्दानी भनेर आयो । साउनको अन्तिममा त वास्तविक आम्दानी र खर्च थाहा हुन्छ अनि भदौमा बजेट ल्याउदा कसरी अनुमानित बजेट भन्न मिल्छ बजेटमा फिल्मका नाटक जस्तो भयो । हाम्रो पनि दिमाग हुन्छ तर पनि हामी कर्मचारी जे लेखेको छ कुरा पढ्ने हो । हाम्रो कर्मचारीको दिमाग केन्द्रीकृत छ ।

मानीयसंग सहकार्य र समन्वय नगरेर अघि बढियो भने प्रदेश संरचनामा ठूलो समस्या आउने देखिन्छ । सुदूरपश्चिम सरकारका बजेट ल्याउने बहादुरहरु हामी हौं । अझ भनौं अहिलेको बजेट ल्याउने त मन्त्रीको नाम नै बहादुर छ । बहादुरहरुले आफनो मन्त्रालयको बजेट हेर्ने कि न नर्हेने । हामीले प्रकाश देउवाको पहिले आलोचना गरेका थियौ तर दोस्रो चुनावपछि सरकारले गरेका काममा तीनै १९ सडकहरु देखिएका छन् अरु सबै पुराना चलेका छन् । नियमित बजेटको काम मात्रै भएको छ । नयाँ केही छैन । बजेट सकिसक्नु भएको छ ।

अहिलेको बजेट दुई अर्ब घाटा ल्याउनु भएको छ । कसरी कार्यान्वयन गनुहुन्छ । अर्थसंग पैसा छैन कसरी कार्यान्वयन हुन्छ । तपाईहरुले आफ्नो विवेक प्रयोग गर्नुपर्यो । पैसा कहाँबाट आउछ आफ्नो विवेक लगाउनु पर्यो । प्रदेश सरकारले धनगढीमा धेरै सडक बनाएको छ प्रचार गोपी दाइ (धनगढीका मेयर) को भएको छ । हामीले गरेका कामको प्रचार गरिएन । प्रदेश सरकारले शिरु निहुराएर हिड्नु पर्ने अवस्था छैन ठुलाठुला सडक बनेका छन्, बन्दैछन् । अछाम, बाजुरा लगायतका जिल्लामा पनि हेरौ कति धेरै काम भएका छन् । हामीले गरेका काम प्रचार गरौं ।

यसपटकको बजेटमा अनौठो छ । बजेट गोलमाल छ । बजेट टन्नै गएको छ । माननीयलाई थाहा छैन । सामाजिक मन्त्रालयमा फोहरमैला व्यवस्थापनका नाममा किन्ने मेसिन खरिद भन्ने छ । बयालपाटा अस्पतालमा बजेट आएन तर फोहरमैलामा बजेट आयो मन्त्रीले त त्यसो गरेको होइन होला । जनतालाई वेकुप बनाउने काम भइरहेको छ । कुनै दलालको योजनामा फोहरमैलाको मेसिन किन्न सामाजिक विकास मन्त्रालयले बजेट ल्यायो । अरुका कृषिमा ८० को अहिले १८० थपेर आयो ।

उद्योग मन्त्रालयलाई मन्दिर भन्ने भयो । टोलटोलमा मन्दिर हालिए । तराईका मन्दिर यसपाली पहाड गएकी के हो । सबै मन्दिर देख्दै छु । आफुले बजेट नहेरे अरुले डुवाउछन । निजामती कर्मचारीको क्षमताको अभिबृद्धी गर्नुपर्छ । हामीले सबैको जिम्मा लिनुपर्छ । माननीयको क्षमता बृद्धि, विषयगत समितिहरुको क्षमता अभिबृद्धी गर्नुपर्छ । हाम्रो भूमिका संसदमा देखिएन भने हामी माथि प्रश्न उठन सक्छ । अहिले देशका दुई ठुला पार्टी मिलेर दुई तिहाइएको घमण्ड गर्दै छन् । साथी हो हामी पनि नेकपाको दुई तिहाईको सरकारको मन्त्री बनेका थियौं । एउटै पार्टीका ३९ थियौ कति दिन टिक्यो । सरकार घुमिरहन्छ । हाम्री अधिकारका लागि सबै लाग्नुपर्छ । कि हात खडा गरौं । हामीलाई त्यो गर्ने मुडमा छौं ।

हामीले अब प्रदेशलाई अधिकार सम्पन्न बनाउन लाग्नुपर्छ । टुडीखेलमा आउट आउट भने देख्नु भएको छ । सामान्य मान्छे नयाँ ढंगले आएका छन् । राजनीतिमा दुईतिहाइको दम्भ राख्नु हुन्न । सत्ता र सत्तीमा भएकाले त झनै दम्भ राख्न हुँदैन ।

मेरो क्षेत्रमा करोडका योजना थिए पुल बन्ने थिए तर सकेजति काट्न खोजियो । काट्नै नमिल्ने भएपछि काट्न नसकेका होलान । त्यहाँ समाजवादी मात्रै छैनन्, ठूला पार्टीका मतदाता पनि छन्,बजेट कसले काट्यो बुझछन् । मलाई प्रदेश सभाको सदस्य बनाए मुख्यमन्त्री भए जनताप्रति आभारी नै छु ।

हामीले १० वर्षसम्म राजधानी नबनाउने हो र ? दुई तिहाइ बहुमतले पारित गरेको राजधानी कार्यान्वयन गर्न लागौ । नसक्ने हो भने पनि तपाईहरुसित दुई तिहाइ छ अर्को ठाउँ बनाउनुस तर अनिर्णयको बन्दी नबनौ । जग्गाको भोगाधिकार दिएको छैन त्यसका लागि लागौ ।

( पूर्वमुख्यमन्त्री तथा प्रदेश सभा सदस्य सोडारीले आइतबार प्रदेश सभामा राखेको मन्तव्यको सम्पादित अंश )

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार