३ आश्विन २०८१, बिहीबार

प्रेमिकाको सल्लाहमै विकले कारागारमा विष खाएको खुलासा




धनगढी/ सोमबार दिउँसो धनगढीस्थित कैलाली जिल्ला कारागार भित्रै विष सेवनका कारण ज्यान गुमाएका घोडाघोडी नगरपालिका वडानम्बर १ का दीपक विक नजिकै हाडनाता पर्ने नाबालिकाको प्रेममा रहेको खुलेको छ । दुबै जना विष खाएरै मर्ने योजना अनुसार विकले विष खाएको पनि खुलासा भएको छ ।

विष सेवनपछि गम्भीर विमारी भएर अस्पताल पुगाइए पनि उनको ज्यान गएको थियो । उनकी प्रेमिकाले नै दुई किलो अचारमा विष ल्याएर दिएको पनि प्रहरी अनुसन्धानबाट खुलेको छ । उनले प्रहरीलाई दिएको बयान अनुसार आफूहरु दुबै विष खाएर मर्ने योजना थिया तर मेरो भागको विष घरमै छुटेकोले खान पाइन भनेकी छन् ।

फलफुल र अचार सहित कारागार पुगेकी उनलाई प्रहरीले अचार खाना लगाएको थियो तर त्यो विष अन्तिमतिर रहेकोले दीपकको हातमा पुगेको बताइन्छ । उनले कारागार पुग्दा केही प्रहरीलाई बहिनी त केहीलाई श्रीमती समेत भनेकी थिइन ।

प्रेमिका हाडानाताको भएको तथा नाबालिका रहेकोले विक विरुद्ध जवरजस्ती र हाडनाताकरणीको मुद्धा हालेर जेल जिल्ला अदालतले पुर्पक्षका लागि कारागार पठाएको थियो । उनी फागुन ३ गतेदेखि कारागारमा थिए ।

आफन्त पर्ने केटीसित उनको कुराकानी निरन्तर थियो । थुनामा जानुअघि उनीहरु भारत गएका थिए । प्रेमिका गर्भवती भएकाले दीपक उनलाई लिएर भारत गएका थिए । तर आफन्तले उनीहरुको प्रेम स्वीकार गर्ने भनेपछि उनीहरु घर फर्किएका थिए ।

प्रेमिकालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनी दीपक कारागार आएदेखि नै निरन्तर भेट्न आउने गरेको कारागारका प्रमुख दीपकराज पाण्डेले बताएका छन् ।

विकको ३७ पेज लामो सुसाइड नोट पनि भेटिएको छ । सो सुसाइड नोटमा संगै जीउन त दिएनौ, हामीलाई तर मृत्युपछि एउटै चाँही चै एउटै चितामा जलाई दिनु यो मेरो अन्तिम इच्छा हो । यो प्रसंगले पनि उनीहरु अलगअलग स्थानमा भए पनि दुबै जनाको मर्ने योजना बनेको प्रमाणित हुन्छ । यद्यपी प्रहरीले नयाँ प्रेमिको योजना/उक्साहटमा दीपकसंग मर्ने योजना मात्र बनाएर प्रेमिका नमरेकी हुन कि भन्नेमा आशंका गरेर अनुसन्धान गरिरहेको छ ।

दीपकसंग प्रेमिका भनिएकी नाबालिका केटीको घण्टौसम्म फोनमा कुराकानी हुने गरेको बताइन्छ ।

मृतक दीपकले सुसाइड नोटमा आफ्ना सबै आफन्तसंग माफी पनि मागेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार