२८ मंसिर २०८२, आईतवार

मिक्स फ्यूल गाडीको सार्वजनिक



काठमाडौ/ रिन्यूजेन रिसोर्सेस नेपालले सोमबार पुलचोक ईन्जिनियरिङ्ग क्याम्पस तथा नेपाल विद्युत् प्राधिकरण (नेविप्रा) को सहकार्य तथा बुटवल पावर कम्पनी लिमिटेडको सहयोगमा संचालित डेमोस्ट्रोशन अफ फस्र्ट हाइड्रेजन इन्टरनल कम्बुसन इन्जिन कन्सरभेसन टेक्नोलोजी विषयक कार्यक्रम गरेको छ ।

सो अवसरमा बोल्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले जलवायु परिवर्तनमा जिवाश्म उर्जालाई हाईड्रोजनले प्रतिस्थापन गराउनु पर्ने तथा यसको उपयोगले नेपालको उर्जा आयातको खबौं रुपैया जोगाउन सकिने बताए ।

उनले यस प्रकृतिका अनुसन्धानलाई नेपाल सरकारले प्राथमिकता दिने प्रतिबद्दता जाहेर गरे ।

सो अवसरमा बोल्दै प्रतिनिधि सभा सदस्य ठाकुर गैरेले आवश्यक कानुन नीति नियम वनाउन संसद तथा पाटीमा सशक्त आवाज उठाउने प्रतिबद्दता जाहेर गरे ।

पूर्वमन्त्री कर्णबहादुर थापा नेपालमा डेमोस्ट्रोशन अफ फस्र्ट हाइड्रेजन इन्टरनल कम्बुसन इन्जिन कन्सरभेसन टेक्नोलोजीको विस्तृत अनुसन्धान गरेर प्रचार प्रसार गर्न जरुरी रहेको बताए ।

भौतिक पूर्वाधार मन्त्रालयका सचिव केशवकुमार शर्माले आवश्यक कानुन नीति नियम समयानुकुल परिमार्जन तथा समय सापेक्ष गराई हरित हाईड्रोजनको प्रणाली विकासमा प्राथमिकता दिने प्रतिबद्दता जाहेर गरे ।

अर्का वक्ता बुटवल पावर कम्पनी लिमिटेडका प्राविधिक निर्देशक प्रतिकमान प्रधान रिन्यू जेन रिसोर्ससंगै मिलेर बुटवल पावर कम्पनले संयुक्त रुपमा हाईड्रोजन रिसर्च संचालन गर्ने विषयमा प्रतिबद्दता जाहेर गरे ।

क्याम्पस प्रमुख ईन्द्रप्रसाद आचार्यले विश्व विद्यालय तथा नीजि संघसंस्था मिलेर अनुसन्धानलाई उत्पादनसंग जोड्दै राष्ट्रनिर्माणमा लागिनु पर्ने विषयलाई बढावा दिनु पर्ने बताए ।

उक्त मिक्स फ्यूल गाडीको सार्वजनिक गर्दै मन्त्री दाहाल लगायतले सवारी गरेर अनुसन्धानलाई हौसला प्रदान गरेका थिए ।
सो कार्यक्रम सहाएक डीन चिन्तामणी पोख्रेलको सभापतित्वमा समापन भएको थियो ।

सो अवसरमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ्ग, वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक नवराज ढकाल लगायतको उपस्थिति रहेको थियो ।

यसैगरेर विभिन्न राजदुतावासका प्रतिनिधिहरु तथा नीजि क्षेत्रका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । सो कार्यक्रममा रिन्यूजेन रिसोर्सेस नेपालका विज्ञ तथा प्रतिनिधिहरुले प्रविधिको वारे प्रस्ट पारेका थिए ।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार