३ आश्विन २०८१, बिहीबार

संविधान अनुसार बजेट ल्याउन मिल्दैन भन्दै नारावाजी




धनगढी/ संविधान अनुसार बजेट ल्याउन मिल्दैन भन्दै सुदूरपश्चिम प्रदेश सभाको सोमबारको बैठक अवरुद्ध भएको छ । नाराबाजी भएपछि सभामुख भीमबहादुर भण्डारीले २० मिनेटका लागि बैठक स्थगित गरेका छन् ।

सरकारले संशोधित बजेट ल्याउन खोजेपछि प्रदेश सभा बैठकमा प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) का प्रदेश सभा सदस्यहरुले नाराबाजी गरेका हुन ।

नाराबाजी अघि माओवादीका उपनेता अक्कलबहादुर रावलले संविधानको कुन धारा अनुसार बजेट ल्याउन खोजिएको भन्दै विरोध जनाए ।

मुख्यमन्त्री कमलबहादुर शाहको सरकारले आज संशोधित बजेट ल्याउन कार्यतालिका छ ।

असार १ गते तत्कालिन मुख्यमन्त्री दीर्घबहादुर सोडारीको सरकारले बजेट ल्याएको थियो तर सङ्घीय सरकारमा परिवर्तन आएपछि सुदूरपश्चिममा पनि सोडारीको सरकारले बजेट पास गराउन सकेको थिएन ।

बजेट पास नहुँदा दुई महिनादेखि सुदूरपश्चिम बजेट बिहिन छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार