७ पुष २०८१, आईतवार

सुदूरपश्चिममा फ्ल्यासलाइट बालेर सरकारको खोजी



कैलाली । सुदूरपश्चिम प्रदेशमा प्रतिपक्ष दलहरूले दिउँसै बत्ती बालेर सरकारको खोजी गरेका छन् ।

आज २ बजेको लागि प्रदेश सभा बैठक आह्वान गरिएको थियो । तर, सरकारको तर्फबाट कुनै पनि मन्त्री उपस्थित नभएपछि आज बैठक नै नबसी स्थगित भएको छ ।

बाढी पहिरोबाट ठुलो क्षति भएको र त्यहि विषयमा प्रदेश प्रमुखसँग आग्रह गरेर आह्वान गरिएको विशेष अधिवेशनमा पनि सरकार उपस्थित नभएको भन्दै प्रतिपक्ष दलहरू आक्रोशित भएका हुन् ।

कांग्रेस ,एमाले र नागरिक उन्मुक्ति पार्टीले संसद् स्थगित भए लगत्तै प्रदेश सभा परिसरमै मोबाइलको बत्ती बालेर सरकारको खोजी गरेको जनाए ।

मुख्यमन्त्री दीर्घ सोडारीलाई नैतिकताको आधारमा राजीनामा दिन समेत उनले आग्रह गरेका थिए ।

कांग्रेसका प्रमुख सचेतक विक्रमसिंह धामीले सरकारले संसद् छलेर हिँडेको भन्दै यस विषयमा आफूहरू गम्भीर रहेको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार