१९ आश्विन २०८१, शनिबार

कैलालीमा छ घण्टामा ३९ मिलिमिटर वर्षा, सतर्क रहन आग्रह




धनगढी/ कैलालीमा गत छ घण्टामा ३९ मिलिमिटर वर्षा भएको छ । विहान ८ स् ४५ देखि २ः४५ सम्म ३९ मिलिमिटर वर्षा भएको हो ।

महाकाली बेसिनका प्रमुख इ. साहका अनुसार त्यसमध्ये पनि शुक्रबार ११ : ३० पछिको तीन घण्टामा मात्रै ३६.६ मिलिमिटर पानी परेको छ ।

उनका अनुसार तराईका कैलाली र कञ्चनपुर जिल्ला सतर्क रहनु पर्ने र पहाडका सातै जिल्ला डडेल्धुरा, डोटी, अछाम, बाजुरा, बझाङ, दार्चुला र बैतडी उच्च जोखिममा रहेकोले अझ बढी सतर्कता अपनाउनु पर्ने बताए ।

मनसुन न्युन चापिय रेखा केही दिन नेपालको दक्षिणी भूभागको आसपास रहने भएकोले २३ गते आइतबारसम्म वर्षा हुने अनुमान जल तथा मौसम विज्ञान महाशाखाले पनि गरेको छ ।

महाकाली बेसिनका प्रमुख इ. साहले तीन दिनसम्म सतर्क रहन सुदूरपश्चिमबासीलाई आग्रह गरे ।

वर्षाले कैलालीको भजनी लगायतको क्षेत्र डुवानमा परिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार