१२ आश्विन २०८१, शनिबार

अन्तराष्ट्रिय ओलम्पिक डे २०२४ धनगढीमा मनाइयो



धनगढी/ अन्तराष्ट्रिय ओलम्पिक डे २०२४ धनगढीमा मनाइएको छ । हरेक वर्ष आयोजना गरिने सो कार्यक्रम आज धनगढीमा रहेका शिवपुरी ,ग्ली, अक्सफोर्ड, एभिएन,पशुपति, मयुर, ज्योति, स्टेपिङ्ग तेक्वान्दो डोजाङ्गहरु खेलाडीले सहकार्य गरेर मनाएका थिए ।

सुदूरपश्चिम प्रदेश राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव दीपकबहादुर सिह, कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुवर,धनगढी उपमहानगर पालिका–४ का अध्यक्ष बुद्धिबहादुर खड्का ,सुदूरपश्चिम प्रदेशका तेक्वान्दो प्रशिक्षक शेरबहादुर सिंह एवम् डोजाङ्ग प्रमुखहरु लगायत सिनियर खेलाडीको उपस्थितिमा शहीद गेटमा दिप प्रज्जनल गरिएको थियो ।

सो टोलीले शहिद गेटदेखि धनगढी रंगशालासम्म र्याली गरेको थियो । उनीहरुले रंगशालामा विभिन्न विधामा प्रदर्शन देखाएका थिए ।

कार्यक्रमका सहभागी खेलाडीहरुलाई प्रमाणपत्र वितरण गरिएको कार्यक्रम संयोजक आशिष चन्दले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार