५ आश्विन २०८१, शनिबार

बालकुमारी घटनाप्रति मानवअधिकार संरक्षण मंञ्चको गम्भीर ध्यानाकर्षण



धनगढी/ ललितपुरको बालकुमारी सडक क्षेत्रमा रोजगार अनुमति प्रणाली (इपिएस) परीक्षामा सहभागी हुन पाउनुपर्ने माग राखेर प्रदर्शनमा उत्रिएका युवाले गरेको आन्दोलनको क्रममा प्रहरी र प्रदर्शनकारीहरु बिचको झडपमा परी अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावत गरेर दुई युवकको मृत्यु, दर्जनौ घाइते, मन्त्री सवारी साधनमा आगजनी र कैयौ जना गिरफ्तार गरिएको भनिएको घटनाप्रति मानवअधिकार संरक्षण मञ्च नेपाल सुदूरपश्चिम प्रदेश समितिले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

मानवअधिकार संरक्षण मंच नेपालका प्रदेश अध्यक्ष डिल्लीराज जोशीले शनिबार एक प्रेस विज्ञप्ती जारी गर्दे घटनाप्रति दुःख व्क्त गर्नुका साथै घटनामा मृत्वुवरण गरेकाहरुप्रति श्रद्धाञ्जली र शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्नुका साथै घाईतेहरुको शिघ्र स्वास्थ्यलाभको कामना गर्दे उनीहरुको यथाशिघ्र निशुल्क उपचारको व्यवस्थाका साथै उचित क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसंग माग गरेको छ ।

आफ्ना माग राखेर शान्तिपूर्ण,तवरले प्रर्दशन गरिरहेकाका निहत्था युवामाथि गरिएको प्रहरी हस्तक्षेप,दमन र धरपकड गरेर राज्यद्धारा गरिएको बिभत्स हत्याले मान्छेको बाँच्न पाउने नैसर्गिक अधिकार कुण्ठित हुनुका साथै मानवअधिकारको गम्भीर उल्लघन भएको ठहर मासमले गरेको छ । प्रदेश अध्यक्ष जोशीद्धारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ ।

मानवअधिकार संरक्षण मंच नेपालले उक्त घटनाको घोर निन्दा एंव भर्सना गर्दे विना भेदभाव परीक्षामा सामेल हुन पाउनु पर्ने युवाको न्यायोचित मागलाई वार्ता र संवादको माध्यमबाट अबिलम्ब पूरा गर्न सरकारको गम्भीर ध्यानाकर्षण समेत गराएको छ । साथै प्रर्दशनकारीहरुलाई संयमित भएर शान्तिपूर्ण तवरले आफ्ना मागहरु राखेर समस्याको समाधान खोज्न मानवअधिकार संरक्षण मंच नेपालका प्रदेश अध्यक्ष जोशीले विज्ञप्ती मार्फत सम्बद्ध सबैमा अपिल समेत गरेका छन् ।

इपिएस परीक्षा सबैको तर्फको छनौट प्रक्रियामा सहभागी हुन पाउनुपर्ने माग राखेर केही दिनदेखि प्रदर्शनमा उत्रिएका आन्दोलनकारीले शुक्रबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले प्रयोग गर्ने सवारी साधन ललितपुर बालकुमारीमा आगजनी गरेपछि घटनाले थप उग्ररुप लिएको हो ।

आगजनी गरिएको गाडीमा सवार सबैजना सकुसल रहेको भए पनि गाडी तथा गाडीमा रहेका कागजातहरु जलेर पूर्णरुपमा नष्ट भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार