८ पुष २०८१, सोमबार

समाजवादीका दुई नेताको जिम्मेवारी हेरफेर



धनगढी/ नेकपा (एकीकृत समाजवादी) को कैलाली जिल्ला कमिटीका दुई पदाधिकारीको जिम्मेवारी हेरफेर गरिएको छ । भदौ २४ गते समाजवादीको जिल्ला कमिटी बैठकले जिम्मेवारी हेरफेर गरेको हो ।

सो पार्टीका अनुसार बैठकले सक्रियताका आधारमा जिम्मेवारी हेरफेर गरे को हो । जस अनुसार यसअघि उपसचिवको जिम्मेवारीमा रहेका दीर्घ जोशी कापडीलाई सचिवको जिम्मेवारी दिएइको छ । भने जिल्ला सचिवको जिम्मेवारीमा रहेका खडक रावतलाई उपाध्यक्ष बनाइएको छ।

रावत घोडाघोडी नगरपालिकाका मेयरसमेत हुन । उनको व्यस्तताका कारण पार्टी सचिवको जिम्मेवारी हेरफेर गरेको बुझिएको छ । यसअघि उपाध्यक्ष विमलकुमार जोशी अध्यक्ष भएपछि उपाध्यक्ष पद खाली रहेको थियो ।

अधिवेशनबाट निर्वाचित अध्यक्ष भैरवसिंह रावल भने प्रदेश कमिटीमा समेटिएपछि जोशी अध्यक्ष बनेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार