जनमोर्चाको कैलाली अध्यक्षमा : जोशी
धनगढी/ राष्ट्रिय जनमोर्चाको कैलाली पाँचौ जिल्ला सम्मेलनले २३ सदस्यीय नयाँ कमिटी छानेको छ । सम्मेलनले अध्यक्षमा जगतप्रसाद जोशीलाई चयन गरेको छ ।
कमिटीको उपाध्यक्षमा मिलन शाही, सचिवमा मेरजन शाही, कोषाध्यक्षमा कुन्ती पाण्डेय र सहसचिवमा अञ्जना मास्के छानिएका छन् ।
२३ सदस्यीय कमिटीमा १९ जना पूर्ण र चार जना वैकल्पीक सदस्य चुनिएका छन् ।
सो सम्मेलनको उद्घाटन गर्दे राष्ट्रिय जनमोर्चाका केन्द्रीय महासचिव मनोज भट्टले अमेरिकी साम्राज्यबाद र भारतिय विस्तारबादका कारण नेपाली राष्ट्रियता कमजोर हुन थालेकोले त्यसका विरुद्ध लड्न जरुरी भएको बताए ।
उनले संघीयता खारेज नहुँदासम्म मुलुकको प्रगति नहुने पनि बताएका थिए ।