८ पुष २०८१, सोमबार

माधवले भने ५० वर्षसंगै काम गर्यौ उहाँ (नेम्वाङ) को निधन भयो, धनगढीको कार्यक्रम स्थगित गरौ



धनगढी/ संविधान सभाका अध्यक्ष तथा नेकपा (एमाले) का उपाध्यक्ष सुवास नेम्वाङको गएराति असामयिक निधन भएपछि आज धनगढीमा आयोजना गरिएको समाजवादी मोर्चाको कार्यक्रम स्थगित गरिएको छ ।

प्रधानमन्त्री तथा नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल लगायतका नेताहरुको उपस्थितिमा हुन थालेको समाजवादी मोर्चाको कार्यक्रम हुन थालेको थियो ।

मैले ५० वर्ष उहाँ (सुवास नेम्वाङ ) र मैले ५० वर्ष संगै काम गर्यौ, उहाँको दुःखद निधन भएको बेला कसरी कार्यक्रम गर्ने, स्थगित गरौ भनेर एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले भनेपछि कार्यक्रम स्थगित भएको सो पार्टीका कैलाली जिल्लाका सचिव दीर्घ जोशीले बताए ।

यसअघि पनि भदौ १३ गते धनगढीमा तय गरिएको मोर्चाको कार्यक्रम नेत्रविक्रम चन्द विप्लवको अभिव्यक्तीका कारण अन्तिम चरणमा आएर स्थगित भएको थियो ।

उपेन्द्र यादवको पार्टीका नेता राजेन्द्र श्रेष्ठ सो कार्यक्रमलाई सम्वोधन गर्नका लागि सोमबार नै धनगढी आएका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार