७ पुष २०८१, आईतवार

स्वस्तिक अस्पातलबिरुद्ध उत्रेकाहरु २२ लाख पाएपछि घर फर्के



धनगढी / धनगढीको स्वस्तिक कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटलमा पत्थरीको शल्यक्रियापछि ज्यान गुमाएका कञ्चनपुरको बेलौरीका ५५ वर्षीय ऐजनलाल चौधरीको आफन्तले शव बुझेको छन । मृतकका आफन्त र अस्पताल प्रशासनबीच क्षतिपूर्ति वापत २२ लाख रुपैयाँ दिने र डाक्टरलाई कारवाहीका लागि सिफारिस गर्ने सहमतीपछि चौधरीको शव बुझे लगेका हुन्र ।
बाँया मृर्गौलाको पत्थरीको शल्यक्रियापछि अत्यधिक रक्तश्राव हुुँदा डाक्टरले मृर्गौला झिकेपछि चौधरीको मृत्यु भएपछि क्षतिपूूर्ति र कारवाहीको माग गर्दै आफन्त आन्दोलितमा उत्रिएका थिए । उनीहरुले क्षतिपूर्ति वापत एक करोड रुपैयाँ दिनुपर्ने माग गरेपछि सहमती भएको थिएन तर सोमबार राति २२ लाखको चेक दिएपछि कुरा मिलेको अस्पताल स्रोतले जनाएको छ ।

‘उहाँहरुले एक करोड रुपैयाँ चाहिन्छ भन्नुभएको थियो तर त्यति ठूलो रकम दिन सक्ने अवस्था थिएन,’ अस्पताल स्रोतले भन्यो, ‘अबेर राति २२ लाखमा सहमती भयो । उहाँहरुलाई पैँसा दिएपछि शव बुझेर लैजानुभएको हो ।’

मृतक चौधरीका भतिजा राजकुमारले भने नगद पैँसा नलिएको दाबी गरेका छन् ।

चौधरीले मृतकका छोरालाई एमबीबीएस पढाउने, छोरीको विवाह खर्च व्यहोर्ने र शल्यक्रियामा संलग्न डाक्टर जोनेश तिवारीलाई कारवाहीका लागि सिफारिस गर्ने सहमतीपछि शव बुझिएको बताए । स्वास्थ्यमा समस्या देखिएपछि शुक्रबार अस्पताल भर्ना भएका ५५ वर्षीय चौधरीको शल्यक्रिया मार्फत बाँया मृगौलाको ११ र ९ एमएमका दुई वटा स्टोन निकालिएको थियो ।

शल्यक्रियापछि रक्तश्राव नरोकिएपछि डाक्टरले मृर्गौलामा आन्तरिक रक्तश्राव भएको भन्दै आफन्तको सहमतीमा मृर्गौला झिकेका थिए । मृर्गौला झिकेपछि रक्तश्राव रोकिएको थियो तर चौधरीको सोमबार भेन्टिलेटरमा उपचारकै क्रममा मृत्यु भएको थियो ।

स्वस्तिक अस्पतालले चौधरीको मृत्युको कारणबारे प्रेस विज्ञप्तिमार्फत आधिकारीक धारणा सार्वजनिक गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार