८ पुष २०८१, सोमबार

भारतको गुजरातमा एक किशोरीको उद्धार



किशोरीको भविश्यलाई ख्याल गरेर यहाँबाट उनको तस्बिर काटिएको छ ।

धनगढी/ अछामको कमल बजार नगरपालिका बजगाउ घर भएकी एक १७ वर्षीया किशोरीको बुधबार भारतको गुजरातमा उद्धार गरिएको छ ।

नाम परिवर्तन केशरी वडलाई उद्धार गरिएको हो । अछामकै अरुण विकले उनलाई फकाएर भारत पुगाएका थिए ।

गुजरातको राजकोटमा अलपत्र अवस्थामा छोडिएकी केशरीलाई प्रवासी नेपाली संघ राजकोट नगर महिला विभागले उद्धार गरेको हो ।

नारी संरक्षण गृह राजकोटमा अलपत्र रहेको जानकारी पाएपछि हामीले उद्धार गरेका हौ महिला विभागकी अध्यक्ष सीमा विकले बताइन ।

पत्रकार विवेक भण्डारीसंगको सम्पर्कपछि ती किशोरीलाई महारास्ट्रको पुणेमा रहेका उनका काकालाई बझाइएको प्रवासी नेपाली संघका केन्द्रीय सदस्य तथा गुजरात राज्य समितिका अध्यक्ष अजय तिमिल्सेना प्रवासीले बताए ।

ती किशोरी छ महिनाअघि भारत लगिएको बताइएको छ । भने उनलाई भारत लग्ने अरुण विक ५२ वर्षको रहको बताइएको छ ।

किशोरीलाई उद्धार गर्न भारतिय प्रहरीले समेत सहयोग गरेका थिए । अरुण अहिले फरार रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार