११ पुष २०८१, बिहीबार

मन्त्री सिंहको शोकमा सुदूरपश्चिममा बुधबार सार्वजनिक विदा



मंगलबारको जीप दुर्घट्नामा परेर निधन भएको मन्त्री सिंहको दम्पति

धनगढी/ आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको असामयिक निधनको शोकमा प्रदेश सरकारले बुधबार सार्वजनिक विदा दिएको छ ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयले मंगलबार साँझ प्रकाशित गरेका विज्ञप्तीमा सो जानकारी दिइएको छ ।

बुधबारका दिन सुदूरपश्चिम प्रदेशभर शोक बिदा दिने र उक्त दिन सुदूरपश्चिम प्रदेशभरका सरकारी तथा सार्वजनिक निकायहरुमा नेपालको राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय भएको विज्ञप्तिमा उल्लेख छ ।

मंगलबार साँझ बसेको मन्त्रीपरिषदको बैठकपछि सो मन्त्री सिंहको असामयिक निधनमा शोक मनाउन विदा दिइएको आन्तरिक मामिला मन्त्रालयका सूचना अधिकारी लक्ष्मीराज जोशीले बताए ।

मन्त्रालयले मन्त्री सहित मृतक सहित सबैलाई श्रद्धाञ्जली दिएको छ । भने गाडी दुर्घटना बारे विस्तृत विवरण पनि विज्ञप्तीमा उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार