८ पुष २०८१, सोमबार

गर्मीमा विद्युतको गडवडीले कञ्चनपुरका जनतालाई सास्ती भो : सांसद लामा



धनगढी/ नेकपा (एमाले) बाट कञ्चनपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभाका सदस्यमा निर्वाचित तारा लामा तामाङ देशभरका सामुदायिक विद्यालयका कर्मचारीहरुको यथोचित माग बारे सरकारको नीति तथा कार्यक्रमम सम्बोधन गरे पनि बजेटमा छुटेकोमा आपत्ति जनाएका छन् ।

प्रतिनिधि सभाको शुन्य समयमा बोल्दै उनले विद्यालयका कर्मचारीको माग तुरुन्तै सम्बोधन गर्न माग गरे ।

उनले गए राती अविरल बर्षाको कारण कोशी प्रदेशमा आएको बाढी र पहिरोको कारण २५ जना व्यक्तिहरु बेपत्ता र ठूलो धनजनको क्षति भएकोप्रति गहिरो दुख समेत ब्यक्त गरे ।


नेपाल सरकारसंग कोशी प्रदेशमा प्रभावकारी खोज उद्धार गर्न र थप क्षति हुन नदिन विशेष सतर्कताकासाथ प्रभावकारी कदम चाल्न पनि उनले माग राखे ।

सांसद तामाङले कञ्चनपुर जिल्लाको बेलडाँडी, लालझाडी ,बेलौरी र पुनर्वास क्षेत्रमा अघोषित लोडसेडिङ र विद्युत आएको वेला पनि पावर डिम हुने कारण तराईको चर्को गर्मी र रोपाईको बेला सो क्षेत्रका जननताले ठूलो सास्ती ब्यहोर्नु परेकोले सो समस्यालाई छिटोभन्दा छिटो समाधानको लागि माग गरे ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार