राष्ट्रिय युवा संघ कैलालीको अध्यक्षमा थापा सर्वसम्मत
धनगढी/ नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघ नेपाल कैलालीको अध्यक्षमा लक्ष्मण थापा सर्वसम्मत चयन भएका छन् ।
घोडाघोडी नगरपालिकाको सुखडमा सम्पन्न नवौँ अधिवेशनले थापाको नेतृत्वमा ५९ सदस्यीय जिल्ला कमिटि चयन गरेको राष्ट्रिय युवा संघ सुदूरपश्चिमका संयोजक विनय शाहले जानकारी दिए ।
उनकाअनुसार उपाध्यक्षमा डेबिड खड्का, सचिवमा अनन्त बोहरा, कोषाध्यक्षमा कमला ओझा, उपसचिवमा केशर बोगटी र छत्र बुढा सर्वसम्मत चयन भएका छन् ।
शुक्रबार सुखडमा एमालेका केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टले अधिवेशनको उद्घाटन गरेका थिए । शुक्रबार राति आकांक्षीहरूबीच सहमति जुट्न बन्द सत्र शनिबारसम्म लम्बिएको थियो ।