८ पुष २०८१, सोमबार

प्रदेश बलियो बनाउन अधिकार दिनुपर्छ : मुख्यमन्त्री शाह




धनगढी/ सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशलाई बलियो बनाउन सङ्घ सरकारले आवश्यक कानून बनाएर अधिकार दिनु पर्ने बताएका छन ।

नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशको तेस्रो साधारण सभाको शनिबार उद्घाटन गर्दे मुख्यमन्त्री शाहले भने, सङ्घ सरकारबाट अधिकार लिन प्रयास भइरहेको छ ।

उनले सुदूरपश्चिमसंग सेती, महाकाली, कर्णालीजस्ता ठूला नदी, धार्मिक तथा पर्यटकीय क्षेत्र र अमूल्य जडीबुटी हुँदा समेत हामी गरिब हुन दुःखद भएको बताउदै आफू समस्यासंग जुधेर परिणाम ल्याउन लाग्ने प्रतिवद्धता गरे । तर मलाई पत्रकारिता क्षेत्रको सहयोग चाहिन्छ, पत्रकारिता क्षेत्रले प्रदेशको सल्लाहकारका रुपमा सहयोग गर्न जरुरी छ उनले भने ।

मुख्यमन्त्री शाहले आवश्यक अध्ययन गरेर सुदूरपश्चिम प्रदेशको सञ्चार नीति पारित गर्ने प्रतिवद्धता गरे । पत्रकारहरुले सञ्चार नीति र विज्ञापन नीति नबन्दा चिन्तित भएको पाए उनले भने, विज्ञापन नीति बारे तपाईहरु पनि सल्लाह गरेर आउनुस हामीले गर्न सक्ने काम गर्छो । स्थानीय तहले स्थानीय र प्रदेशले प्रदेशका सञ्चारमाध्यामलाई प्रवद्र्धन गर्ने गरेर काम गर्नुपर्ने आवश्यक्ता पनि मुख्यमन्त्री शाहले औल्याए ।

उनले प्रदेशका कुनाकन्दरामा सरकार पुग्न सक्दैन पत्रकार पुग्छन् त्यसैले कुनाकन्दराका समस्या उठाउनुस हामी समाधान खोज्ने प्रयास गर्नेछौ भने ।

उनले् मुलुकका राजनीतिक परिवर्तनमा महत्वपूर्ण भूमिका खेलेको सञ्चारजगतले ठूलो फड्को मार्दे गएकोमा खुसी व्यक्त गरे ।
पत्रकारिता क्षेत्र व्यवसायिक भयो कि भएन छलफल गर्र्नुपर्छ तर समग्ररुपमा फड्को मारेको देखिन्छ उनले भने, थोरै संख्यमा केही पत्रकारले पत्रकारितालाई बदनाम गर्न खोजेको भए पनि अधिकांश पत्रकार मुलुक, जनताकै पक्षमा काम गरिरहेको चर्चा पनि गरे ।

पत्रकार महासंघका प्रदेश अध्यक्ष योगेश रावलको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सरकार भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवा, आर्थिक मामिलामन्त्री नरेशबहादुर शाही, सुदूरपश्चिम प्रदेश सभा सदस्य मेघराज खड्का, पत्रकार महासंघका केन्द्रीय महासचिव रोशन पुरी, सचिव हेमकर्ण विक, केन्द्रीय सदस्यद्धय उत्तर विष्ट, भरत शाह, प्रेस यूनियनका प्रदेश अध्यक्ष मनमोहन स्वाँर, प्रेस चौतारीका प्रदेश अध्यक्ष कृष्ण ओली, प्रेस सेन्टरका प्रदेश महासचिव कर्ण चन्द लगायतले साधारण सभाको सफलताको लागि शुभकामना दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार