८ पुष २०८१, सोमबार

प्रधानमन्त्री र मुख्यमन्त्री शाहबीच भेटघाट विश्वासको मतबारे छलफल




धनगढी/ सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आज आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रचण्डसँग भेट गरेका छन् । प्रदेश सभामा विश्वासको मत लिने तयारीमा रहेका मुख्यमन्त्री शाहले प्रधानमन्त्रीसँग गरेको भेटघाट अर्थपूर्ण मानिएको छ ।

मुख्यमन्त्री शाहले आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री दाहालसँग भेट गरेका थिए । मुख्यमन्त्री शाहले भेटका क्रममा विश्वासको मत, सुदूरपश्चिम प्रदेशको विकास योजना, आवश्यक ऐनकानुन लगायतका विषयमा कुराकानी भएको बताए ।

अनुमोदनसँगको टेलिफोनमा संक्षिप्त कुरा गर्दै मुख्यमन्त्रीले सुदूरपश्चिम प्रदेश सभामा विश्वासको मतका विषयमा छलफल भएको बताए ।

“प्रधानमन्त्रीले विश्वासको मतबारे अरु दलका शिर्ष नेताहरुसँग कुराकानी गर्ने भन्नुभएको छ” मुख्यमन्त्री शाहले भने । उनले प्रधानमन्त्रीसंग सुदूरपश्चिम प्रदेशको ठूला विकास निर्माण योजना, आवश्यक ऐनकानुनबारे पनि कुरा भएको बताए ।

राष्ट्रपति निर्वाचनमा प्रधानमन्त्री दाहाल नेतृत्वको नेकपा माओवादी केन्द्रले काँग्रेसका उम्मेदवार रामचन्द्र पौडेललाई समर्थन गरेको सन्दर्भमा सुदूरपश्चिम प्रदेश सभामा पनि राजनीतिक समिकरणमा परिवर्तन आउने चर्चाबीच मुख्यमन्त्रीले प्रधानमन्त्रीसँग भेट गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार