७ पुष २०८१, आईतवार

तिमिल्सैना काँग्रेसको प्रदेश सदस्यमा मनोनित




धनगढी/
नेपाली कांग्रस अछामका युवानेता महाधिवेशन प्रतिनिधि वेदप्रकाश तिमिल्सैना सुदूरपश्चिम प्रदेश कार्यसमितिमा मनोनयन भएका छन् ।

पञ्चदेवल विनायक नगरपालिका वडा नम्वर १ कुईका घर भएका नेपाली कांग्रेस अछाम क्षेत्र नम्बर २ का महाधिवेशन प्रतिनिधि तिमिल्सैनालाई नेपाली काँग्रेसको विधानको २०१७ संशोधित २०७५ को धारा १३ (झ) बमोजिम आइतवार प्रदेश सदस्यमा मनोनयन गरिएको हो ।

विद्यार्थी जीवनदेखि नेविसंघमा सकृय रहेका उनी नेपाल प्रेस युनियनको नेतृत्व गर्दै पत्रकार महासंघ अछामको दुई कार्यकाल अध्यक्ष भएका थिए । उनले नेपाली काँग्रेस अछामको सहसचिव र प्रवक्ताको जिम्मेवारी समेत निर्वाह गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार