१८ बैशाख २०८१, मंगलवार

सरकारले थारुलाई मात्र अपराधी देख्छ : उन्मुक्ती अध्यक्ष श्रेष्ठ



धनगढी/ कैलाली क्षेत्र नम्बर २ बाट निर्वाचित नागरिक उन्मुक्ती पार्टीका प्रतिनिधि सभा सदस्य अरुणकुमार चौधरीलाई पक्राउ गरेकोमा सो पार्टीका अध्यक्ष रञ्जित चौधरीले आक्रोस पोखेकी छन् ।

सामाजिक सञ्जालमा प्रतिक्रिया दिदै उनले अपराधी थारुलाई मात्र देख्ने सरकारलाई हाम्रो समर्थन तिमीलाई चाहिदैन रहेछ ।
उन्मुक्तीले माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सरकारलाई समर्थन दिएको छ ।

यस्तै सुदूरपश्चिम प्रदेशमा निर्णायक रहेको सो पार्टीले विश्वासको मत दिन्छ कि दिन्न भन्ने शंसय रहेको छ । सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले माघ २६ गते भित्र विश्वासको मत लिइसक्नु पर्नेछ ।

नागरिक उन्मुक्तीको स्पष्ट समर्थन दिने निश्चित नभएपछि मुख्यमन्त्री र दुई विनाविभागिय मन्त्रीले सपथग्रहण गरेको २१ दिन पुग्दा पनि मन्त्रीमण्डल विस्तार हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार