८ पुष २०८१, सोमबार

पोखरा हवाइ दुर्घट्ना : नेकपा (एस) सुदूरपश्चिम संसदीय दलद्धारा शोक व्यक्त




धनगढी/ नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठकले पोखरामा हवाइ दुर्घट्नामा परेर मृत्यु भएकाहरुलाई श्रद्धान्जली व्यक्त गरेको छ ।

सोमबार भएको बैठकले श्रद्धान्जली व्यक्त गरेको हो । दलका नेता दीर्घबहादुर सोडारीको अध्यक्षतामा बसेको बैठकले शोक वक्तव्य पारित गरेको छ ।

वक्तव्यमा भनिएको छ काठमाण्डैबाट पोखरातर्फ गएर अवतरण गर्ने क्रममा यति एरलाईन्सको विमान दुर्घट्ना भई चालकदलका सदस्य सहीत ६८ जनाको मृत्युवरण भएको घट्नाले स्तव्ध बनाएको छ ।

सो दुर्घट्नामा निधन भएका स्वदेशी तथा विदेशी सबै नागरिकप्रति श्रद्धान्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गदछौं वक्तव्यमा भनिएको छ ।

विमान दुर्घट्नामा वेपत्ता रहेका नागरिकको खोजी कार्य तत्काल गर्न नेपाल सरकार तथा सम्बन्ध पक्षसंग जोडदार माग गरेको प्रमुख सचेक नरेशकुमार शाहीले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार