८ पुष २०८१, सोमबार

बसमा हिड्दा राजनीतिकर्मी हो भन्दा देश विगार्ने यही हो भन्ने अवस्था छ : प्रदेश सभा सदस्य धामी



सभामुखको भूमिकामा रहेका जेष्ठ सदस्यको मोवाइलको स्वीच अफ भएको के थियो धेरै राजनीतिक दलका साथीहरुको पनि दिमाग पनि स्वीच अफ भयो त्यसपछि कांग्रेसलाई लोकतन्त्र विरोधी भनियो ।

नेपाली कांग्रेसले विहिबार दिउँसै सभामुखको चुनाव गरौ भनेको भए, प्रदेश सभामा जे भइरहेको छ के यस्तो अवस्थामा मुख्यमन्त्रीले सपथ लिने अवस्था आउथ्यो कि आउदैनथ्यो । कांग्रेसले प्रजातन्त्र ल्यायो त्यसैलाई संविधान विरोधी र लोकतन्त्र विरोधी भन्न मिल्छ ?

सभामुख हामीले गर्दा नछानिएको हो कि सत्ता पक्षका कारण हो । जसले मत बदर गर्यो उसैका कारण सभामुख छानिएन त्यो कारण सत्ता पक्षको कै वेन्चमा छ । मत बदर सत्ता पक्षकै बेञ्चबाट भएको होइन र ? सभामुखमा हारको कारक प्रतिपक्षलाई नबनाउनुस । सभामुख हुने र नहुने सम्पूर्ण कुरा तपाईहरुमा निहित छ ।

सदन विचित्रको देखिएको छ । हामी प्रतिपक्ष कांग्रेस र एकीकृत समाजवादी छौ एकजुट छौ तर सत्ता पक्ष विख्रिएको छ अलगअलग भएको छ ।

विद्यायक भन्ने शव्द संस्कृत शव्द हो । यो विद्यायक भन्ने शव्द विद्याताबाट आएको हो । कानुन बनाउने विद्याताले अनावश्यक लान्छाना लाउने काम गर्न मिल्दैन ।

प्रदेश सभा सचिवालयका कर्मचारीले सभामुख खोज्न जान मिल्छ कि मिल्दैन । सचिवालयका कर्मचारीले घरघर धाउन जाने कि सभामुखको आदेश मान्ने । न्यायधिवक्तासंग कसको आदेश र हैसियतले के कारणले राय मागियो ।

टीकापुर घटना राजनीतिक घट्ना हो । त्यो समाधान गर्न नेपाली कांग्रेसका प्रधानमन्त्री शेरबहादुर देउवा हुँदा ल्याएको अध्यादेशको पक्षमा अहिले पनि छौ । बन्दीहरुलाई सरकारले माघीमा छोड्छ भन्ने सुनेका थियौ तर अझै छुटेनछन् । उनीहरु छुट्नुपर्छ ।

हामीले गठवन्धन गरेका थियौ । यसपाली पनि शासनको अधिकारी कांग्रेस हो अथवा चुनावी गठवन्धनमा रहेका दल सत्ताको अधिकारी हुन तर, गठवन्धनबाट तोडियो, तोड्न लगाइयो जितेकाहरु केही सत्ता पक्षमा हुनुहुन्छ हामी प्रतिपक्षमा छौ । गठवन्धनमा चुनाव लडेकाहरु अलगअलग बेन्चमा छौ ।

यस्ता क्रियाक्लाप आज मात्र भएको होइन पौराणिक युगदेखि हुँदै आए । त्रेता युगमा मन्थराले गर्दा सत्ताको अधिकारी भगवान राम बनावास जानु भयो । सकुनीले गर्दा युधिस्टिर बनवास जानुभयो । अहिले काठमाडौ र यहाँ कैयो मन्थरा र सकुनी छन् ।

अहिले नेता र पार्टी भन्दा नाक खुम्चाउने अवस्था छ । गठवन्धनको लत लागेको देशमा यसरी गठवन्धन बन्ने र तोड्ने क्रम चलिरहने हो भने हामीप्रतिको विश्वास अझ कम हुनेछ । अव गठवन्धन भन्दा नाक खुम्चाउने अवस्था आउछ । त्यसैले राजनीतिको अनुशासन राख्नुपर्छ ।

म बसमा पनि यात्रा गर्छु । त्यहाँ परिचय दिने क्रममा म राजनीति गर्छु भन्दा सबैले हाम्रो मुख हेर्छन र भन्छन देश विगार्ने यही हो ।

विगतका संसदहरुका बारेमा टिप्पणी पत्रपत्रिका आउथ्यो । त्यसमा लेखिएको हुन्थ्यो संसदले एउटा काम गर्यो आफ्नो कार्यकाल पूरा गर्यो अब त्यत्ति मात्र नहोस काम गरेर देखाउनुपर्छ ।

( उल्लेखित विवरण दार्चुला प्रदेश सभा (क) बाट निर्वाचित प्रदेश सभा सदस्य विक्रमसिंह धामीले शनिबार साँझको प्रदेश सभामा बोलेको कुराबाट भावानुवाद गरिएको हो )

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार