८ पुष २०८१, सोमबार

आज साँझ ६ बजे सुदूरपश्चिमको सभामुखको चुनाव हुदै




धनगढी/ सुदूरपश्चिम प्रदेश सभाको सभामुखका लागि फेरि चुनाव हुने भएको छ । पुस २८ गतेको चुनावबाट सभामुख छानिन नसकेपछि फेरि आज साँझ ६ बजे चुनाव हुने भएको छ ।

पुस २८ गते प्रतिस्पर्धा गर्नु भएका सत्तारुढ पक्षका भीमबहादुर भण्डारी र नेपाली कांग्रेसका मानबहादुर रावलवीच नै चुनाव हुने भएको छ ।

सो निर्वाचनमा ५३ सदस्यीय प्रदेश सभाको ५१ प्रतिशत अर्थात २७ जनाको मत पाएर सभामुख छानिन नसकेपछि आज फेरि चुनाव हुने भएको हो ।

सभामुख नछानिएपछि अव कसरी जाने भन्ने अन्योलता सृजना भएको थियो ।

प्रदेश सभा सचिवालयले सो अन्योलता कसरी हटाउने भन्ने राय सुदूरपश्चिम प्रदेशको न्याधिवक्ता कार्यालयसंग मागेको थियो । न्यायधिवक्ताको कार्यालयले पुस २८ गते् अहिलेकै प्रक्रियालाई नियमित गरेर सभामुख छान्न राय दिएपछि आज फेरि सभामुखको चुनाव हुने् भएको हो ।

पुस २८ गतेको निर्वाचनमा सत्तापक्षका उम्मेदवार भीमबहादुर भण्डारीले २६ र प्रतिपक्षका मानबहादुर रावलले २३ मत पाएका थिए । निर्वाचनमा सत्ता पक्षको एक मत बदर भएको थियो । यस्तै गरेर सत्तापक्षकै नेकपा (एमाले) का चक्रबहादुर मल्ल र नागरिक उन्मुक्ती पार्टीका लक्ष्मणकिशोर चौधरी मतदानमा सहभागी भएनन् । यस्तै सभामुखको भूमिकामा रहेकोले प्रतिपक्षका शिवराज भट्ले मतदान गर्न पाएनन् ।

प्रदेश सभामा सत्तापक्षका दल नेकपा (माओवादी केन्द्र) का ११, नेकपा (एमाले) का १०, नागरिक उन्मुक्तीका सात र राप्रपाका १ गरेर २९ जना प्रदेश सभा सदस्य हुनुहुन्छ । यो संख्या सभामुख छान्नलाई आवश्यक पर्ने भन्दा दुई बढी हो ।

यस्तै प्रतिपक्षमा नेपाली कांग्रेसका १९, नेकपा (एकीकृत समाजवादी) का चार र स्वतन्त्र एक गरेर २४ जना छन् ।
नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक नरेशबहादुर शाहीका अनुसार आज बसेको सर्वदलिय बैठकले आज (शनिबार) साँझ ६ बजे सभामुखको चुनाव फेरि गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार