मोबाइलको चार्ज सकिएको थियो, कानुनी परामर्श लिदै थिए : भट्ट
धनगढी/ सुदूरपश्चिम प्रदेश सभाका कामचलाउ सभामुखको काम गरिरहेका दोस्रा ज्येष्ठ सदस्य शिवराज भट्टले आफूलाई मोवाइल अफ गरेर बेपत्ता भएको भन्ने कुरा गलत भएको बताएका छन् ।
उनले भने मेरोे मोवाइलको चार्ज सकिएकोले केही समय सम्पर्कबाहिर रहे । शुक्रबार मलाई मोबाइल अफ गरेर भाग्यो भनियो यसमा मेरो आपत्ति छ, मेरो मोबाइलको चार्ज सकियो, कानुनी परामर्श पनि लिदै थिए उनले भने ।
उनले भने एउटा पक्षले अहिले चुनाव गर भन्छ, अर्कोले हाम्रा प्रदेश सभा सदस्य घर गइसके भन्छ, दलवीच सहमति नभएपनि शुक्रबारै बैठक बसाउन सकिएन ।