८ पुष २०८१, सोमबार

कांग्रेस सुदूरपश्चिम संसदीय दलको नेतामा शाह निर्विरोध




धनगढी/ नेपाली काँग्रेसको सुदूरपश्चिम प्रदेश सभा संसदीय दलको नेतामा कमलबहादुर शाह निर्विरोध निर्वाचित भएका छन् ।

आज बुधबार सो पार्टीको प्रदेश समितिले शुरु गरेको चुनावी प्रक्रियामा शाहको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका हुन ।

कांग्रेस स्रोतका अनुसार विहानसम्म केन्द्रीय सभापति शेरबहादुर देउवाका सहोदर भतिजा प्रकाशबहादुर देउवा निर्विरोध हुने सम्भावना थियो ।

तर सभापति देउवाले प्रकाशलाई पछि हट्न भन्दै शाहलाई दलको नेता बनाउन निकटस्थहरुलाई निर्देशन दिएका थिए ।

शाह हालै मात्र कांग्रेसको कैलाली जिल्लाको सभापतिको चुनावको क्रममा सभापति देउवा निकट भएका हुन । यसअघि उनी नेता प्रकाशमान सिंह निकट मानिन्थे ।

दलको नेताका लागि प्रदेश सभा सदस्य बहादुरसिंह थापा, दिवानसिंह विष्ट, मानबहादुर रावल, शिवराज भट्ट र मेघराज खड्कालगायतले आकांक्षा देखाएका थिए ।

सुदूरपश्चिममा काँग्रेसका १९ जना प्रदेश सभा सदस्य छन्। काँग्रेस प्रदेश सभामा ठूलो दल हो।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार