२१ मंसिर २०८२, आईतवार

सुदूरपश्चिमको माओवादी संसदीय दलको नेतामा भट्ट



धनगढी / नेकपा (माओवादी केन्द्र ) को सुदूरपश्चिम प्रदेश संसदीय दलका नेतामा खगराज भट्ट सर्वसम्मतले निर्वाचित भएका छन् ।

आइतबार विहान बसेको सो पार्टीको संसदीय दलको बैठकले भट्टलाई सर्वसम्मतले दलको नेतामा चयन गरेको हो ।

भट्ट डडेल्धुराको् प्रदेश सभा (क) सदस्यमा निर्वाचित भट्ट सो पार्टीका स्थायी समिति सदस्य तथा सुदूरपश्चिम इन्चार्ज समेत हुन ।

नेकपा (माओवादी केन्द्र ) को सुदूरपश्चिम प्रदेश कमिटीले शनिबार नै भट्टलाई दलको नेता बनाउन संसदीय दललाई निर्देशन दिएको थियो । तर शनिबार दिनभर बसेको बैठकले नेता छान्न सकेन ।

अर्का दावेदार ओमविक्रम भाट सरलले समेत दलको नेता हुने आकांक्षा राखेपछि दलको नेता छान्न ढिलाई थियो ।

प्रदेश सभा सदस्य रमेश धामीले भट्टलाई नै सरकार निर्माणको लागि पहल गर्ने जिम्मेवारी दिएको बताए ।

प्रदेश सभामा सो पार्टीका ११ जना सदस्य छन् ।

यसअघि नेकपा (एमाले), नागरिक उन्मुक्ति पार्टी र नेकपा (एकीकृत समाजवादी) ले दलको नेता छानिसकेका छन् ।

प्रदेशको ठूलो दल नेपाली कांग्रेसले भने सो पार्टीका प्रदेश सभापति वीरबहादुर बलायर धनगढी पुगेपछि दलको नेता छान्ने प्रदेश सभा सदस्य पदम शाहीले बताए । प्रतिनिधि सभाका सदस्य बलायर काठमाडौ छन् ।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार