प्रचण्ड तेस्रो पटक प्रधानमन्त्री नियुक्त भोली ४ बजे सपथ
काठमाडौ/ राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई नेपालको प्रधानमन्त्री पदमा नियुक्त गरेकी छन्।
नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा,जनमत पार्टी र तीन जना स्वतन्त्र सांसदको समर्थनमा प्रचण्ड तेस्रोपटक प्रधानमन्त्री नियुक्त भएका हुन्।
उनी यसअघि २०६५ साउनदेखि २०६६ वैशाख २१ गतेसम्म र २०७३ साउन १९ देखि २०७४ जेठ २३ गतेसम्म प्रधानमन्त्री बनेका थिए । प्रचण्ड मुलुकको ४४ औं प्रधानमन्त्री भएका छन् ।
सत्ता गठबन्धनमा नेपाली कांग्रेससँग सहमति नभएपछि आइतबार मात्रै एमालेलगायतका दलसँग गठबन्धन गर्दै उनी प्रधानमन्त्री भएका हुन ।
प्रचण्ड र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच आधाआधा कार्यकाल प्रधानमन्त्री हुने सहमति भएको छ ।
नवनियुक्त प्रधानमन्त्री प्रचण्डले भोलि (सोमबार) दिउँसो ४ बजे राष्ट्रपति भवन शीतलनिवासमा शपथग्रहण हुने भएको छ । उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनियताको सपथ ग्रहण गराउने छिन् ।