अघिल्लो चुनावमा एक मतले हारेका साउद अध्यक्ष बने
अछाम / अछामको चौरपाटी गाउँपालीकामा अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।
कांग्रेसका उम्मेदवार भीमबहादुर साउँदले तीन हजार ९८२ मत ल्याएर अध्यक्षमा विजयी भए ।
साउँदले एमालेका राम आउजीलाई एक हजार ४७६ मतान्तरले पराजित गर्दै निर्वाचित भएका हुन ।
उपाध्यक्षमा कांग्रेसकी उम्मेदवार सरदेवी खडकाले तीन हजार ७३४ मत ल्याउदै माओवादीका उम्मेदवार जीवनविक्रम साउँदलाई एक हजार ९७१ मतान्तरले पराजित गरिन ।
सो पालिकामा निर्वतमान अध्यक्ष हर्कबहादुर साउँद एक हजार ४७४ मत ल्याएर तेस्रो भएका छन ।
अहिले विजयी साउँद ०७४को स्थानिय तहको चुनाबमा हर्कबहादुर साउँदसंग एकमतले पराजीत भएका थिए ।
सात वडा रहेको चौरपाटीमा नेपाली कांग्रेसले वडा नम्बर १, २, ४ र ५ वडामा प्यानल सहित विजयी भएको छ भने ३, ६ र ७ वडामा एमालेका उम्मेदवार प्यानल सहित विजयी भएका छन् ।