४ पुष २०८२, शुक्रबार

निर्वाचन पर्वेक्षण वारे सम्वाद : आचारसंहिताको पालना नभएकोमा चिन्ता



धनगढी / निर्वाचन पर्यवेक्षणका सुझाव कार्यान्वयन र सरोकारवालको भूमिका प्रादेशिक सम्वाद धनगढीमा भएको छ ।

राष्ट्रिय निर्वाचन पर्वेक्षण समिति (नियोक) द्धारा आयोजित सो कार्यक्रममा निर्वाचन आयोगका प्रेमराज भट्टले निर्वाचन कार्यक्रम, मतदान स्थल निर्वाचन आचारसंहिता वारे जानकारी गराएका थिए ।

उनले आचारसंहिता नैकित वन्धन भएको बताउदै उलंघन गर्नेलाई कारवाही भएका उदाहरण पनि प्रस्तुत गरेका थिए ।
सो अवसरमा नियोकका विकल श्रेष्ठले निर्वाचन पर्वेक्षण वारे प्रस्तुती गरेका थिए ।

सो अवसरमा एमालेबाट धनगढी उपमहानगरका मेयर पदका प्रत्यासी रणबहादुर चन्दले आफू र आफ्नो पार्टीका उम्मेदवारले निर्वाचन आचारसंहिता पालना गर्ने प्रतिवद्धता गरेका थिए ।

कार्यक्रममा नेपाली काँग्रेसका सहसचिव कलेशुराम चौधरी, माओवादीका वसन्त वागचन र नेकपा (एकीकृत समाजवादी) का नित्यानन्द जोशी समेत आचारंहिता बारे चाँसो राखेका थिए ।

सो अवसरमा अधिवक्ता सूर्यबहादुर भण्डारी र फाया नेपालका पूर्व अध्यक्ष धनपति ढुंगेलले निर्वाचन आचारसंहिताको पालना नभएकोमा चिन्ता व्यक्त गरेका थिए ।

कार्यक्रममा अधिकांश सहभागीले आचारसंहिता उलंघन गरेर उम्मेदवारहरुले उम्मेदवारी दर्ता गरेको, अहिले पनि आचारसंहिता विपरित व्यानर, पोष्टर र प्रचार सामाग्री वितरण गरिएको बताएका थिए ।

कार्यक्रम नियोकका प्रदेश अध्यक्ष देवीप्रसाद खनालले सञ्चालन गरेका थिए । भने सचिव संगिता अधिकारीले सहभागीलाई धन्यवाद ज्ञापन गरेकी थिइन ।

#local Election2079

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार