धामी झाँक्रीको विश्वास गर्दा कञ्चनपुरमा एक महिलाको मृत्यु
धनगढी / कञ्चनपुरको वेदकोट नगरपालिका–७ को मुसेपानीगाउँकी ४३ वर्षीया रञ्चुला साउदको शंकास्पद मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) चक्रबहादुर शाहका अनुसार उनको शव पनि उनकै नातेदार पर्ने स्थानीय कमला साउदको घरको आगनमा शंकास्पद अवस्थामा भेटिएको छ ।
कमलाको घरको आँगनमा मृत्युु भएको अवस्थामा रन्चुलाको शव बरामद गरिएको उनले बताए । शनिबार बिहान सडेको अवस्थामा रञ्चुलाको शव भेटिएको डिएसी शाहले बताए ।
उनले सो घटना शंकास्पद भएकाले दुई जना धामी, झाक्री सहित सात जनालाई पक्राउ गरेर अनुसन्धान भइरहेको पनि बताए ।
पक्राउ पर्नेमा कञ्चनपुरकै भीमदत्त नगरपालिका–१ बस्ने धामीझाक्री नारायणदत्त भट्ट र सोही नगरपपालिकाका–७ बस्ने धर्मानन्द भट्ट समेत छन् ।
झारफुक गर्ने क्रममा कुुटपिट गरेर महिलाको हत्या गरेको आरोपमा दुवै जनालाई पक्राउ गरिएको प्रहरीले बताएको छ ।