एमालेका वडा पदाधिकारीहरू एकिकृत समाजवादीमा

डडेल्धुरा / डडेल्धुराको अमरगढी नगरपालिका–२ को एमाले वडा कमिटीका पदाधिकारीसहित सदस्यहरू नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् ।
वडा कमिटी अध्यक्ष सागर भण्डारी र उपाध्यक्ष दानबहादुर सार्कीसहितको कमिटीका सदस्यहरू नेकपा समाजवादीमा प्रवेश गरेको एकीकृत समाजवादी सुदुरपश्चिम प्रदेश कमिटी सदस्य सकुन्तला नगरकोटीले जानकारी दिइन् ।
उनले एमाले अमरगढी नगर कमिटी सचिव लक्ष्मी कडायत र अमरगढी नगर कमिटी सदस्य मोहित बुढाऐरसहित समाजसेवी प्रेमराज पन्त समेत नेकपा समाजवादीमा प्रवेश गरेको जानकारी दिइन् ।




