२३ बैशाख २०८३, बुधबार

दलहरुले गरे बालबालिकालाई चुनावमा प्रयोग नगर्ने प्रतिवद्धता




धनगढी / राजनीतिक दलका नेताहरुले आगामी स्थानीय तहको चुनावमा बालबालिका प्रयोग नगर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

नेकपा एमालेका जिल्ला सचिव डेजी पाण्डेय, नेपाली काँग्रेसका प्रदेश सदस्य रामबहादुर देउवा, नेकपा माओवादी केन्द्रका निर्मल शाह, नेकपा (एकीकृत समाजवादी) का जिल्ला अध्यक्ष भैरव रावलले चुनावमा बालबालिका प्रयोग नगर्ने बताएका हुन ।

सो अवसरमा शिक्षक, विद्यार्थी, पत्रकारले भने चुनावमा बालबालिका, विद्यालय भवन, सवारी साधन प्रयोग नगर्ने कुरा व्यवहारमा लागू हुनेमा आशंका व्यक्त गरे ।

शिक्षा अधिकार अनुगमन समूह, सुदूरपश्चिम प्रदेशको आयोजनामा भएको निर्वाचन आचारसंहिता र राजनीतिक दलका घोषणापत्रमा बालबालिका सवालमा सोमबार प्रदेश स्तरीय छलफल तथा सुझाव हस्तान्तरण कार्यक्रम दलका नेताहरुलाई सुझाव पत्र समेत बुझाइएको थियो ।

सो सुझाव पत्रमा राजनीतिक दलले निर्वाचन घोषणापत्रमा समावेश गर्नुपर्ने प्रमुख विषयहरु समेटिएका छन् ।

५०० भन्दा बढी नागरिक संस्थाहरु तर्फबाट २० वटा संस्थाले २१ बुँदे सुझाव पेश गरेका छन् ।

कार्यक्रम शिक्षा अधिकार अनुगमन समूह, सुदूरपश्चिम प्रदेशका अध्यक्ष शेरबहादुर बस्नेतको अध्यक्षतामा भएको थियो ।


प्रतिक्रिया दिनुहोस्
ताजा समाचार