दुई महिना विग्रिय सय वर्ष विग्रन्छः शाह

धनगढी/ नेपाली काँग्रेसका नेता गोविन्दबहादुर शाहले सबैलाई पार्टी जिताउनतर्फ ध्यान केन्द्रित गर्न आग्रह गरेका छन ।
काँग्रेस जिल्ला पदस्थापन समारोहलाई सम्बोधन गर्दै उनले भने स्थानीय तहको निर्वाचनको मिति नजिकिईसकेको छ, अब तपाईहरु यताउती ध्यान केन्द्रीत नगर्नुहोस । एक दृष्टिकोण अब काँग्रेस जिताउ । त्यो भन्दा केही नसोच्नुहोस ।
उनले यो दुई महिना विग्रिए सय वर्ष विग्रने दाबी गरे । दुई महिना आफना लागि नभई देश र जनताको हीतका लागि पार्टीलाई बलियो बनाउन लाग्नुहोस । वडा, गाउँ, टोल केन्द्रीत बन्नुहोस ।
उनले आगामी निर्वाचनमा उम्मेदवार हुन चाहनेले अहिलेनै घरघर पुगि प्रचारमा लाग्नुपर्ने बताए । उनले काँग्रेस विधान अनुसारनै निर्वाचनमा योग्य उम्मेदवारलाई टिकट दिइने बताए ।
कैलालीमा कसैलाई उठाउने, बसाउने काम हुँदैन । सबैको सहमतिमा योग्य, इमान्दार र जनताले रुचाएको व्यक्ति नै उम्मेदवार बन्नेछ उनले भने –टिकट केन्द्रले दिने होइन ।
काँग्रेसले एक विधान बनाएको छ । सो विधान सबैले पढ्नुहोला । त्यही अनुसार केन्द्र, प्रदेश, जिल्ला क्षेत्रीय समितिले काम गर्ने छ ।’




