चार लाख बराबरको सामाग्री बरामद

धनगढी / कैलालीमा भन्सार छलेर भित्राइएको करिब चार लाख रुपियाँ मुल्यको सामान बरामद भएको छ ।
मंगलबार सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गणबाट खटिएको टोलीले जिल्लाका विभिन्न स्थानबाट भन्सार छलेर भित्राइएको सामान बरामद गरेको जनाएको छ ।
सशस्त्र प्रहरी बलका अनुसार चार लाख चार हजार रुपियाँ मुल्य बराबरको मोटरसाइकल, कपडा, चस्मा, प्लाष्टिक, किराना सामान आदि बरामद भएका छन् ।
बरामद सामान आवश्यक कारवाहीका लागि कैलाली भन्सार कार्यालय धनगढी र सत्ति भन्सार कार्यालय खक्रौलामा बुझाएको छ ।




