दुर्लभ वन्यजन्तु सालक सहित एक पक्राउ

धनगढी / कैलालीको लम्कीचुहा नगरपालिका–१ मा प्रहरीले दुर्लभ वन्यजन्तु सालकसहित एक जनालाई पक्राउ गरेको छ ।
प्रहरीले विशेष सूचनाका आधारमा वडा नम्बर १ का जनक चौधरीलाई सालकसहित पक्राउ गरेको जनाएको छ ।
जनकले जीवित सालक लुकाई राखेको भन्ने सूचनाको आधारमा प्रदेश प्रहरी कार्यालय धनगढी र इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको संयुक्त टोलीले उनलाई सालकसहित पक्राउ गरेको हो ।
प्रहरीले जनकलाई सालकसहित आवश्यक अनुसन्धानको लागि सव डिभिजन वन कार्यालय लम्की पठाइएको जनाएको छ ।




