कैलाली प्रेस युनियनले थाल्यो भवन निर्माण प्रक्रिया

धनगढी / नेपाल प्रेस युनियन, कैलालीले कार्यालय भवन निर्माण प्रक्रिया अघि बढाएको छ ।
यस क्रममा आइतबार धनगढी उपमहानगरपालिका–५ तारानगरमा निर्माणस्थलमा बोर्ड लगाइएको छ ।
युनियनका पदाधिकारी तथा सदस्यहरूको सहभागितामा भवन निर्माण स्थलमा बोर्ड लगाएर भवन निर्माण प्रक्रिया अघि बढाइएको युनियनका कैलाली जिल्ला अध्यक्ष श्रवण देउवाले जानकारी दिए ।
सो अवसरमा उनले भने– यो भवन निर्माणमा सबैको सहयोग र योगदानका लागि आग्रह गर्दछौं ।




