झुण्डिएको अवस्थमा आमा र छोरी फेला परे
दार्चुला / शैल्यशिखर नगरपालिका–८ स्थित तल्चौरस्थित आमा र छोरी मृत अवस्थामा भेटिएका छन् ।
वडा नम्बर ७ बोहरीगाउँमा घरबाट शुक्रबार दिउँसो माइत जान हिँडेकी २३ वर्षीया सरस्वती विष्ट आफ्नी एक वर्षकी छोरीसहित रुखमा झण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय गोकुलेश्वरका प्रहरी निरीक्षक नारायण विष्टका अनुसार ती महिलाको माइती बैतडीको दोगडाकेदार गाउँपालिकाको न्वालीमा छ ।