जसपा धनगढीको सचिवालय संयोजकमा पन्त

धनगढी । जनता समाजबादी पार्टी (जसपा) धनगढी नगर कमिटीको सचिवालय गठन भएको छ ।
प्रदेश अध्यक्ष कृष्णकुमार चौधरीको उपस्थिीतीमा भएको भेलाले हेमराज पन्तको संयोजकत्वमा सचिवालय गठन गरेको हो ।
यस्तै सचिवमा तपराज बडु मनोनीत भएका छन । कार्यक्रममा जसपाका केन्द्रीय सदस्य मिनराज बडूले धनगढी उपमहानगरपालिकाभित्र व्यापक भ्रष्टाचार भएकोले सुशासन लागि तुरुन्तै संघर्षका कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए ।
अर्का केन्द्रीय सदस्य कृष्णकुमार चौधरीले जसपा वैकल्पिक शक्ति भएकोले जनताको घरदैलोमा गएर पार्टी संगठन विस्तार गर्नुपर्नेमा जोड दिए ।
सचिवालय संयोजक पन्तले पार्टी कमिटी बिस्तारसगै जनताको घर घरमा पुग्ने बताए । अव आउने निर्वाचनमा पार्टीका उम्मेदवारलाई बिजयी गराउनका लागि घर दैलो अभियानका साथै जनताका पिरमर्का समाधान गर्न सबै लागि पर्ने बताए ।
कार्यक्रममा केन्द्रीय सल्लाहकार समिति सदस्य डम्बरबहादुर रावल, प्रदेश सदस्य विनोद चन्द र विद्यार्थी नेता भरत लिसानी लगायतको सहभागिता रहेको थियो ।




