नेकपा (एस) को युवा संघको संयोजकमा अधिकारी चयन

धनगढी / नेकपा (एकीकृत समाजवादी ) निकट युवा संघ नेपाल कैलालीको संयोजकमा दुर्गा अधिकारी चयन भएका छन ।
आइतबार धनगढीमा नेकपा (एकीकृत समाजवादी ) का धनगढी नगर अध्यक्ष मदन रेग्मी, युवा संघ नेपालका केन्द्रीय सचिव दीपकबहादुर सिंह, सुदुरपश्चिम प्रदेश अध्यक्ष बाबुराजा श्रेष्ठ, संघका स्थायी कमिटी सदस्य राजु वमको उपस्थितीमा बसेको बैठकले अधिकारीको संयोजकत्वमा नौ सदस्यीय कमिटी समेत गठन गरेको हो ।
युवा संघको सहसंयोजकमा प्रकाश वोगटी र भरत थापा छानिएका छन ।
यस्तै गरेर सदस्यमा मिनाक्षी रावल, सुनिता थापा, अमित बोगटी, अशोक शाही, सन्तोष खत्री, पुष्कर भण्डारी र राकेश चन्दलाई चयन गरिएको युवा संघ कैलालीले जनाएको छ ।





