६ पुष २०८२, आईतवार

बझांग काग्रेसको सभापतिमा बोहरा



धनगढी / नेपाली कांग्रेस बझाङको सभापतिमा खडक बोहरा ८७७ प्राप्त गरेर निर्वाचित भएका छन्।

उनले अर्का उमेद्वार रमेशबहादुर भण्डारीलाई पराजित गरेका हुन । भण्डारीले ५०८ मत पाएका छन् ।१५९८ मतदाता रहेकोमा १४०५ मत खसेको थियो।

बोहरालाई सभापति एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर दउवा समुहका पूर्वराज्यमन्त्री अर्जुनजंगबहादुर सिंहसँगै वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका नेताहरूको पनि समर्थन रहेको थियो।

देउवा पक्षकै अर्का पूर्वराज्यमन्त्री नरेशबहादुर सिंह र पूर्वजिल्ला सभापति पृथ्वीबहादुर सिंहले भण्डारीलाई समर्थन गरेका थिए।

#नेपाली काँग्रेस #बझांग

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार