कैलालीमा ६५ जना जनप्रतिनिधिले एमाले छोडे
धनगढी / एमाले छोडेर नेकपा (एकीकृत समाजवादी ) को पक्षमा खुल्ने समयसीमा सकिएको छ । यसक्रममा कैलालीमाको जिल्ला समन्वय समितिमा रहेका छमध्ये चार जना समाजवादीमा खुलेका छन् ।
समाजवादीमा खुल्नेमा उपप्रमुख सुन्दरीदेवी चौधरी, सदस्य देवी भण्डारी, मालती विक र ललित साउँद रहेका छन् ।
कैलालीका १३ तहमध्ये सात प्रमुख र छ उपप्रमुख जितेको एमाले छोडेर तीन उपप्रमुख मात्र समाजवादीमा खुलेका छन् । समाजवादीमा खुल्नेमा गोदावरीका रत्ना कडायत, घोडाघोडी प्रेमकुमारी थापा , मोहन्यालका पुजाबुढामगर मात्र रहेका छन् ।
कैलालीमा एमालेले ३८ वडाध्यक्ष जितेको थियो तीमध्ये १२ जना नेकपा (एस) मा खुलेका छन् । सो पार्टीमा ३७ जना वडा सदस्य खुलेका छन् ।
नेकपा (एस) मा गौरीगंगा वडा नम्बर २ जनक साउँद, ४ का टेकबहादुर बुढा, ५ का जंग विक, ७ का दलबहादुर कुमाल छन् ।
यस्तै गरेर घोडाघोडी नगरपालिका वडा नम्बर ७ का धनवहादुर बम, १० का भीम वम, लम्की चुहा नगरपालिकाका वडा नम्बर ८ का पूर्ण विष्ट, टीकापुर नगरपालिका वडा नम्बर १ का गंगाराम आचार्य, गोदावरी नगरपालिका वडानम्बर ५ का कर्णसिंह बोहरा, ११ का शिव विक, मोहन्याल वडा नम्बर ४ का टेकेन्द्र बोगटी, धनगढी उपमहानरपालिका वडानम्बर १४ का रामबजारी चौधरीले समाजवादी पार्टी रोजेका छन् ।
कैलालीमा सबैगरेर ६५ जनाले सो पार्टी रोजेका छन् ।