७ पुष २०८२, सोमबार

शुक्रबार राति भएको सडक दुर्घट्नामा तीनको मृत्यु



धनगढी / शुक्रबार राति ११ बजे कैलालीको गौरीगंगा नगरपालिका-४ राजिपुरमा पश्चिमबाट पूर्वतर्फ गइरहेको म १ ज ३१९ नम्बरको विईङ्गर र पूर्वबाट पश्चिमतर्फ गइरहेको से १ ह २५१० नम्बरको अटो एक आपसमा ठोक्किएर दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ ।

दुर्घटनामा अटोमा सवार ७ जना घाइते भएकोमा उपचारका क्रममा सेती प्रादेशिक अस्पताल धनगढीमा तीन जनाको ज्यान गएको हो । मृत्यु हुनेमा कैलाली घोडाघोडी नगपालिका ९ बस्ने २४ वर्षीय युवराज चौधरी, सोही ठाउँका २६ वर्षीय भिगम चौधरी र १९ वर्षीय जितेन चौधरी छन्।

यस्तै घाइते हुनेहरुमा कैलाली घोडाघोडी नगरपालिका ९ बस्ने २४ वर्षीय दिपेन्द्र चौधरी, अटो चालक २२ वर्षीय सुरेश चौधरी, २० वर्षीय असान्त चौधरी र ३० वर्षीय हरी चौधरी छन्।

घाइते चार जनाको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भरहेको छ। विईङगर सहचालक कञ्चनपुर बेदकोट नगरपालिका -१० का २५ वर्षीय धनु रावल भने सामान्य उपचारपछि ठिक भएका छन् । उनलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार