७ पुष २०८२, सोमबार

बाढीपीडितहरूलाई राहत वितरण



धनगढी / लायन्स क्लव अफ धनगढी, एभरेष्टले धनगढी उपमहानगरपालिका वडा नम्बर १३, श्रीलंका वस्तीका बाढी पीडितहरूलाई राहत वितरण गरेको छ ।

क्लवले शनिबार श्रीलंका वस्तीका ५० परिवारलाई खाद्यान्न तथा स्वास्थ्य सामग्री वितरण गरेको जनाएको छ ।

क्लवका अध्यक्ष संजिता कुँवरले विभिन्न संघसंस्था, व्यापारिक फर्महरूको सहयोगमा राहत सामग्रीको व्यवस्था गरिएको बताइन् ।

उनका अनुसार दिनेश मर्केन्टाइल, दिनेश एग्रो इन्डस्ट्रिज, एमबीएल स्टिल एण्ड आल्मुनियम, अवस्थी राइस मिल, रश्मी एग्रो, सुदूर फुड इन्डस्ट्रिज, विनोद राइस र नेशनल हेल्थ केयरले बाढी पीडितहरूका लागि सहयोग गरेका थिए ।

राहत वितरण कार्यक्रममा वडा नम्बर नम्बर १३ का अध्यक्ष विजय राज जोशी, डिस्ट्रिक चिफ लायन कैलाश दाहाल र क्लवका पदाधिकारी लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार