धर्मोदय सभा कैलालीको अधिवेशन आज
धनगढी । धर्मोदय सभा शाखा कैलालीको छैठौं जिल्ला अधिवेशन आज हुदैछ ।
धर्मोदय सभा तथा लोकचक्र विहारको प्राङ्गणमा दिउँसो ११ बजेबाट सुरु हुने अधिवेशनमा उपस्थितीका लागि अध्यक्ष लाहुराम चौधरीले अनुरोध गरेका छन् । १८५ जना आजिवन सदस्य रहेको अधिवेशनले नयाँ कार्यसमिति चयन गर्ने अध्यक्ष चौधरीले बताए ।
बि.स. २०४५ असार १३ गते स्वर्गीय प्रेमलाल तुलाधुरले व्यक्तिगत ३ कठ्ठा १८ धुर जग्गा दिएर धर्मोदय सभा शाखा कैलालीको स्थापना गरेका थिए ।




