२ माघ २०८१, बुधबार

साइकलमा बडिमालिका यात्रा




नगढी / सुदूरपश्चिमको प्रसिद्ध धार्मिक पर्यटकीय क्षेत्र बडिमालिकाको प्रचारप्रसार गर्ने उद्देश्यले साईकल यात्रीको टोलीले बडिमालिका सहित सुदूरपश्चिमका विभिन्न धार्मिक–सांस्कृतिक स्थानको भ्रमण गरेको छ ।

भदौ १ गते धनगढीबाट प्रस्थान गरेको ११ जना साईकल यात्रीको टोलीले बाजुराको त्रिवेणी धाम, बडिमालिका, नाट्येश्वरी, बैद्यनाथ धाम, शैलेश्वरी, भागेश्वर, सालमुनि, उग्रतारा, घण्टेश्वरको दर्शन भ्रमण गरेको जनाइएको छ ।

साइकल यात्रीको टोली सात दिनको भ्रमणपछि सोमबार राती धनगढी आइपुगेको छ । यसैबीच, साईकल यात्री विकास महर्जन र भरत विक्रम शाहले चार हजार दुई सय मिटरको उचाइमा साईकल यात्रा गरेका छन्।

बडिमालिका समुद्र सतहदेखि चार हजार दुई सय मिटरको उचाइमा रहेको छ । साइकल यात्रीको टोलीका लागि धनगढीस्थित निःसर्ग अस्पतालले स्वास्थ्य सामग्री हस्पिटल धनगढीले वितरण गरेको छ ।

निसर्ग हस्पिटलका संचालक कुबेरबहादुर शाहीले ४० जनाका लागि औषधि र करिब ६०० जनालाई पुग्ने गरी मास्क वितरण गरिएको बताए ।

साइकल यात्रामा भरतबिक्रम शाह, विकास महर्जन, कुबेरबहादुर शाही, दुर्गा अधिकारी, प्रकाश शाही, सुवास चन्द, रवि भट्ट, केशव भट्ट, कुशल विष्ट, रोशन भट्ट र किरन बोहरा सहित ११ जना सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार