७ कार्तिक २०८१, बुधबार

दुई घटनामा दुईको मृत्यु




बाजुरा / बाजुरामा दुई छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ ।

बाजुराको बुढीगंगा नगरपालिकामा मावली घर नडांगबाट घर फर्किने क्रममा कुलोबाट लडेर सोही नगरपालिका वडा नम्बर ३ का ४० वर्षीया सौरे नेपाली मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यस्तै बडिमालिका नगरपालिका वडा नम्बर ६ कोर्धमा घाँस काट्ने क्रममा लडेर धनबहादुर खड्काको मृत्यु भएको छ ।

उनी शनिबार दिउसो घाँस काट्न घर नजिकैमा रहेको मेलामा गएका थिए । स्थानीयले आइतबार उनलाई घाइते अवस्थामा फेला पारेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार