७ कार्तिक २०८१, बुधबार

आफनै शरिरमा आगो लगाएका युवकको मृत्यु



अछाम । अछाममा आफनै शरिरमा आगो लगाएर घाईते भएका युवकको मृत्यु भएको छ । बयलपाटा अस्पतालबाट निकालेपछि आफनै शरिरमा पेट्रोल छर्केर सख्त घाईते भएका साफेबगर नगरपालिका वडा नम्बर ६ भागेश्वरका सिद्धार्थ आउजीको उपचारका क्रममा मृत्य भएको हो ।

आउजीको उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय सा“फेबगरका प्रमुख नरपति भट्टले जानकारी दिए । उनले जागिरबाट हटाएको आक्रोशमा आफनै शरीरमा आगो लगाएका थिए ।

शरीरमा आगो लगाएर गम्भीर घाइते भएका उनलाई उपचारका लागि हेलिकप्टरमार्फत नेपालगन्ज लगिएको थियो ।

अछामका प्रमुख जिल्लामा अधिकारी पुण्यविक्रम पौडेलले आगो लगाएर गम्भीर घाइते भएका ती कर्मचारीलाई जिल्लामा उपचार सम्भव नभएपछि हेलिकप्टरमार्फत नेपालगन्ज पठाइएको जानकारी दिए ।

अस्पतालमा आर्थिक संकट परेको भन्दै उनी लगायत ३३ जना कर्मचारीलाई अस्पतालले हटाएको थियो । अस्पतालले जागिर हटाएपछि उनले परिवारको रोजीरोटी खोसिएको भन्दै आगो लगाएको स्थानीयले बताएका छन् ।

बयालपाटा अस्पतालले भने अस्पतालमा आर्थिक अभाव भएको भन्दै कार्यसम्पादन, अनुशासन सबै हेरेर केही कर्मचारी हटाएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार