५ कार्तिक २०८१, सोमबार

विद्युत प्राधिकरणका २३ जना कर्मचारीद्धारा रक्तदान




धनगढी, वैशाख २२ गते । नेपाल विद्युत प्राधिकरण राष्ट्रिय कर्मचारी यूनियन ( आधिकारिक ट्रेड यूनियन) को ३० आौ वार्षिक उत्सव तथा ३१ औ स्थापना दिवसका अवसरमा आज धनगढीमा रक्तदान कार्यक्रम भएको छ ।


सो यूनियनको सुदूरपश्चिम प्रदेश समितिले धनगढी वितरण केन्द्रमा आयोजना गरेको रक्तदानमा २३ जना कर्मचारीहरुले रक्तदान गरेका थिए ।


प्रदेश अध्यक्ष लोगबहादुर विष्टका अनुसार सो अवसरमा धनगढी वितरण केन्द्रका प्रमुख सुरेन्द्र चौधरी र यूनियनका सुदूरपश्चिम इन्चार्ज जयबहादुर सिंह सहितको उपस्थिति थियो ।


धनगढीको रगतको अभाव भएको खवर पाएपछि सामाजिक उत्तरदायित्व सम्झेर सामाजिक दूरि कायम गरेर रक्तदान गरिएको प्रदेश अध्यक्ष विष्टले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार