७ कार्तिक २०८१, बुधबार

प्रेस संगठनले बाड्यो साबुन र स्यानेटाइजर



बैतडी, वैशाख १३ गते । प्रेस संगठन बैतडीले जिल्लाका ५० जना सञ्चारकर्मीलाई स्यानेटाइजर र साबुन बितरण गरेको छ ।

कोरोना भाइरसबाट बच्न सुरक्षा सामग्रीको रुपमा प्रयोग हुने स्यानेटाइजर तथा साबुन पत्रकारहरुको कार्यकक्षमै गएर वितरण गरिएको संगठनका जिल्ला संयोजक चन्द्रकान्त अवस्थीले बताए । लकडाउनका बेला तथा कोरोना भाइरसबिरुद्ध अग्रपक्तीमा रहेका हुनाले सुरक्षा सामग्री वितरण गरिएको उनले बताए ।

संगठनको शुक्रवार भिडियो कन्फ्रेन्सबाट बसेको बैठकले सुरक्षा सामग्री बाड्ने निर्णय गरेको थियो ।

बैतडीस्थित रेडियोहरु, पत्रपत्रिका, अनलाइन लगायतका आमसञ्चार माध्यममा कार्यरत पत्रकारहरुलाई उनीहरुको डेरामै तथा कार्यकक्षमै पुगे सो सामग्री वितरण गरिएको संगठनका सहसंयोजक सीपी लोहियाले बताए ।

लकडाउनका बेला समेत समाचार सम्प्रेशणमा खटिएका सञ्चारकर्मीहरुलाई सुरक्षा सामग्री वितरण हुँदा काम गर्ने हौसला मिलेको बैतडीका वरिष्ठ पत्रकार लक्ष्मी पाण्डेयले बताए ।

सूचनाका सम्वाहक पत्रकारहरु पनि लकडाउनमा सास्ती भोग्नुपरेको हुनाले सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्न आग्रह समेत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार