फूलवारी महोत्सव सकियो

धनगढी उपमहानगरपालिका वडा नम्बर १४ फूलवारीमा मंगलबार फूलवारी महोत्सव २०७६ समापन भएको । महोत्सवको अन्तिम दिन गायीका मेलीना राईले प्रस्तुति रहेको थियो । उनले आफ्ना एक कार्यक्रमबीच उपमहानगरपालिका उपप्रमुख सुशीला मिश्र भट्टले समापन गरिन् ।
सो अवसरमा उपप्रमुख भट्टले महोत्सवले आन्तरिक पर्यटन प्रवद्र्धनमा टेवा पुराएको चर्चा गरिन् ।
महोत्सव समापन कार्यक्रम आयोजक न्यु बुद्ध स्पोट्र्स युवा क्लवका अध्यक्ष महेश गोलेले चौथो फूलवारी महोत्सव २०७६ सफल भएको बताए । कार्यक्रम सञ्चालन पत्रकार कृत बहादुर बिष्टले गरेका थिए ।
“स्थानीय कला संस्कृति, पर्यटन व्यापार र कृषि प्रवद्र्धनका लागि फूलबारी महोत्सव’ नाराका साथ पुस १३ देखि महोत्सव सुरु भएको थियो ।
महोत्सवमा ८० हजार बढी दर्शकले अवलोकन गरेको मुल आयोजक समितिका कोषाध्यक्ष भुवन जोशीले जानकारी दिए । महोत्सवमा ४० लाख रुर्पैया बराबरको आर्थिक कारोबार भएको उनले बताए ।




